३१ असार २०८३, बुधबार

बैंक ह्याकमाथि अनुसन्धान शुरू

बैंक ह्याकमाथि अनुसन्धान शुरू

लहान– ह्याकरको समूहले लहानस्थित कृषि विकास बैंकको शाखाको पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरेको देखिएपछि विशेषज्ञ टोलीले मंगलवार रातिदेखि लहानस्थित कार्यालयबाट अनुसन्धान शुरू गरेको छ ।

बैंकको प्रविधि दुरूपयोग गरी रकम झिकिएको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अपराध अनुसन्धान अधिकृत र सूचना प्रविधि विशेषज्ञ रहेको ३ जनाको टोलीले छानबिन शु्रू गरेको बैंकका क्षेत्रिय निर्देशक धनेन्द्र अधिकारीले जानकारी दिए । 

लहानस्थित शाखाको पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर भएको घटना बाहिरिएसँगै टोली आइपुगेको हो ।

टोलीमा संलग्नको नाम भने सार्वजनिक गरिएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्