२० असार २०८३, शनिबार

एनआइसी एशिया बैंकका खातावालालाई बीमा दाबी भुक्तानी

एनआइसी एशिया बैंकका खातावालालाई बीमा दाबी भुक्तानी

काठमाडौं–एनआइसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावालहरूलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ ।

जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ भुक्तानी गरिएको छ । 

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५ सय १९ रुपैयाँ, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९ सय ३३ रुपैयाँ,  कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई ५९ हजार ९ सय ४ रुपैयाँ प्रदान गरेको छ । 

यसैगरी झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४ सय ३९ रुपैयाँ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई  २८ हजार ७ सय ५० रुपैयाँ मेडिकल बीमावापतको रकम भुक्तानी गरेको  बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्