१० साउन २०८३, आइतबार

उपनिर्वाचनमा भिड्ने २१ दललाई निर्वाचन आयोगले दियो चुनाव चिह्न

उपनिर्वाचनमा भिड्ने २१ दललाई निर्वाचन आयोगले दियो चुनाव चिह्न

काठमाडौं – आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २१ वटा राजनीतिक दललाई दर्ता गरेर चुनाव चिह्न प्रदान गरेको छ ।

बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद गौतमले दर्ता भएका दल र चुनाव चिह्न सार्वजनिक गरेका छन् ।

आयोगको बुधवारको निर्णयबाट दर्ता भएका दलमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल रहेका छन् ।

पार्टी एकीकरण नभएका पुराना दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलको चुनाव चिह्न भने पुरानै रहने छ ।

यस्तो छ चुनाव चिह्नको विवरण :–

salt training

कमेन्ट गर्नुहोस्