
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वर्तमान सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पार्टी एकीकरण गरेर बनेको समाजवादी पार्टीले नयाँ चुनाव चिह्न पाएको छ ।
आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले समाजवादी पार्टीलाई पाँच औंला सहितको हत्केला चुनाव चिह्न प्रदान गरेको हो ।
पार्टी एकीकरणअघि उपेन्द्रको संघीय समाजवादी फोरमको चुनाव चिह्न मसाल र बाबुरामको नयाँ शक्ति पार्टी नेपालको चुनाव चिह्न आँखा थियो ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले नाम परिवर्तन भएका र नयाँ खुलेका गरी २१ दललाई चुनाव चिह्न प्रदान गरेको हो ।
कांग्रेस, राप्रपा लगायतका दलहरूको भने पुरानै चुनावचिह्न यथावत छ ।
कुन दललाई कुन चिह्न ?
