०३ असार २०८३, बुधबार

अमेरिकी राजदूत सक्रिय

असोज १०, २०७६
अमेरिकी राजदूत सक्रिय

काठमाडौं – नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै अमेरिकी राजदूत र्‍यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। 

उनले बिहीबार प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवा र सत्तारूढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन्। त्यस क्रममा उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका हुन्।

कांग्रेस सभापति देउवासँग भएको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिस्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार रहेको भनेर बुझ्न चाहेको विज्ञरूको आँकलन छ। देउवा निकट नेताहरूले भने राजदूत बेरीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेको बताए। अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्