०२ असार २०८३, मंगलबार

आइतवारदेखी रूट परमिट खुल्ने

आइतवारदेखी रूट परमिट खुल्ने
फाइल तस्वीर

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्ष्य गरी यात्रुवाहक सवारी साधनका लागि बाटो इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ । 

विभागले आगामी आइतवारदेखि १९ गतेसम्मका लागि इजाजत पत्र खुला गरेको हो ।

चाडपर्वमा उपत्यका आवातजावत गर्ने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन रुट परमिट खुला गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

‘अन्य समयमा निश्चित रूपमा मात्रै सवारी साधन गुड्छन्,’ उनले भने, ‘चाडपर्वको समयमा इजाजत पत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुन्छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्