२३ जेठ २०८३, शनिबार

एनआरएनए युरोप क्षेत्रीय उपसंयोजकमा शम्भु गौतमको उम्मेदवारी

एनआरएनए युरोप क्षेत्रीय उपसंयोजकमा शम्भु गौतमको उम्मेदवारी

लिस्बोन - गैरआवासीय नेपाली संघ अन्तराट्रिय समन्वय परिषदको आगामी विश्व सम्मेलनमा पोर्चुगलका शम्भु गौतमले युरोप क्षेत्रीय उप संयोजक पदका लागि उम्मेदवारी दिने भएका छन् ।  

आगामी अक्टोवर काठमाडौंमा हुने सम्मेलनले दुई वर्षको लागि नयां नेतृत्व चयन गर्नेछ । एक दशकदेखि पोर्चुगल लगायत विभिन्न युरोेपेली देशहरुमा नेपाली हस्तकला सामानको व्यवसाय गर्दै आएका गौतम नेपाल चेम्वर अफ कमर्सका पोर्चुगल प्रतिनिधी पनि हुन् । 

एनआरएनए पोर्चुगलमा पूर्व उपाध्यक्ष समेत रहेका गौतम आफू युरोप उप संयोजक पदको लागि योग्य उम्मेदवार रहेको दावी गर्छन् । आफ्नो उम्मेदवारी समग्र युरोपवासी नेपालीहरुको भलाईका लागि रहेको गौतमले बताएका छन् । आफ्नो दुई वर्षे कार्यकालमा युरोपमा बसोबास गर्ने लाखौं नेपालीहरुका समस्यामा केन्द्रित रहने उनले जानकारी गराए । नेपाली हस्तकलालाई युरोपभर प्रवद्र्धन गर्न मरीमेटेर लाग्ने गौतम बताउँछन् । युरोपमा रहेका गैर आवासीय नेपालीहरु माझ लोकप्रीय रहेका शम्भु गौतम काभ्रे जिल्लामा जन्मेका हुन् । 

एनआरएनको आगामी विश्व सम्मेलनका लागि विस्तारै माहौल तातीरहेका बेला विभिन्न पदहरुमा उम्मेदवारी घोषणाको क्रम जारी छ । अध्यक्ष पदका लागि यस पटक बेलायतका कूल आचार्य र जर्मनीका कुमार पन्तको भिडन्त निश्चित भएको छ । दुबैले आ आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । आचार्यलाई कांगे्रस निकट मानिन्छ भने पन्त अहिलेसम्म राजनैतिक रुपमा खुलेर आएका छैनन् । 

युरोप क्षेत्रीय संयोजकमा भने पोर्चुगलकै पूर्ण हमालको चर्चा छ । हमाल सर्वसम्मत रुपमा आफूले नेतृत्व पाएमा जिम्मेवारी वहन गर्न तयार रहेपनि चुनावी प्रतिष्पर्धामा जाने सोचमा नरहेको उनका निकटवर्तीहरु बताउंछन् । एनआरएनएका परिकल्पनाकार मध्येका एक हमाल नेपाली काँग्रेस निकट हुन् ।

salt training

कमेन्ट गर्नुहोस्