
काठमाडौं – एक चिनियाँ व्यक्तिले गाडी चलाउँदै गर्दा आफ्नी प्रेमिकासँग झगडा गरेपछि व्यस्त सडकमा गाडीलाई यूटर्न गराएका छन् ।
दानयाङको ताइझू–झेनजियाङ एक्सप्रेसवेमा खिचिएको भिडियोमा क्रुद्ध चालकले व्यस्त सडकमा गाडी हाँकिरहेको देखिन्छ ।
उनले आफ्नो लेनमा गाडी चलाउँदै गर्दा गाडीको गति घटाएको अनि अचानक ब्रेक लगाएर देब्रेतिर फनक्क घुमेको देखिन्छ ।
चालकले गाडी तीन लेन पर व्यस्त ट्राफिकमा गाडी पुर्याएर लगातार कारको हर्न बजाएका थिए । अर्को बाटोबाट आइरहेका गाडीहरूका अगाडि उनले आफ्नो गाडी तेर्स्याएका थिए ।
त्यस गाडी पारि ३० वटा कार गुज्रिन्छन् र लगभग ठोकिन्छन् अनि महिला डरले चिच्याउन थाल्छिन् ।
उनले भन्छिन्, ‘बौलायौ कि के ? पागल हो ? यो मोटरबाटो हो ।’
त्यसपछि उनले म प्रहरी बोलाउँछु भनेको सुनिन्छ ।
उक्त कारका चालकले प्रेमिकासँग झगडा गरेपछि प्रेमिकालाई तर्साउन उनले गाडी मोडेका थिए ।
झेनजियाङ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भन्दै थप सूचना दिएन । कसैलाई पक्राउ गरिएको नगरिएको प्रस्ट भएको छैन ।
एजेन्सी