धादिङ – रौतहटका ३५ वर्षीय रूपलाल साहलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो ।
राजधानी भित्रिने मुख्य प्रवेशद्वार नागढुंगामा घण्टौं लामो जाम परेपछि उपचारका लागि उनलाई समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको हो ।
त्रिभुवन राजपथ मर्मत र सवारी आवागमनका कारण ३० किलोमिटरभन्दा बढी जाम भएपछि रौतहट गौर नगरपालिका–७ का ३५ वर्षीय रूपलाल साहले बसभित्रै आमाको काखमा ज्यान गुमाए ।
मिर्गौलाका बिरामी साहलाई थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा पृथ्वीराजमार्गस्थित थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा बस भित्रै मृत्यु भएको थियो महादेवबेसी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।