
काठमाडौं – भारतको मुम्बईमा सुभम सोनी नामक एक व्यक्तिले हाईभोल्टेजयुक्त नांगो तारमा टेक्दा कपडामा आगो लागेको छ । आगोका कारण उनको शरीरको २५ प्रतिशत भाग जलेको छ ।
घटनाको भिडियोमा उनी कुनामा रोकिएको ट्याक्सीको उतापट्टि गएको अनि तार विस्फोट भएर आगो बलेको देखिन्छ ।
उनको जीन्समा आगो लागेपछि निभाउन खोजेको र आतुर भएर सहायता खोजेको देखिन्छ ।
उनी कलेज पढ्न जाँदा झुक्किएर नांगो तारमा टेक्न पुगेका थिए ।
तारमा टेकेपछि उनी उफ्रिएका थिए ।
विस्फोटको आवाज सुनेर भागेका मानिसले आगो लागेका युवकलाई हेरेर छक्क परेको देखिन्छ ।
सुभमलाई तत्कालै अस्पताल लगिएको थियो र उनको छाला २५ प्रतिशतले डढेको पाइयो ।
उनलाई हप्तौंसम्म उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।
मुम्बईमा नांगो तार अलपत्र छोडिदिँदा धेरै पैदलयात्रुहरू दुर्घटनामा पर्ने गरेका छन् ।
एजेन्सी