२३ जेठ २०८३, शनिबार

ट्रकले च्यापेर चालकको मृत्यु

ट्रकले च्यापेर चालकको मृत्यु

जिरी – दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ । 

ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रवार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ ।

अस्पतालको ना५ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफैं सर्न खोजेपछि स्टेयरिङमा जान खोज्दा गाडी भित्तामा ठोकिन गई उनलाई अगाडिपट्टिको टायरले च्यापेको र उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्