२४ जेठ २०८३, आइतबार

कांग्रेसले दशैंको चियापान असोज २६ गते गर्ने

कांग्रेसले दशैंको चियापान असोज २६ गते गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असोज २६ गते दशैंको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

विगत वर्ष जस्तै यसपटक पनि कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम आयोजना गर्ने निर्णय भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

२०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले दशैंको कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रमको शुरूवात गरेका थिए । त्यसपछि कांग्रेसले चियापानको कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

दशैंको समयमा आयोजना गरिने चियापान कार्यक्रमले मेलमिलापको सन्देश प्रवाह हुने कांग्रेसले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्