२८ असार २०८३, आइतबार

सूचनाको हकको साताव्यापी अभियानमा विभिन्न कार्यक्रम

सूचनाको हकको साताव्यापी अभियानमा विभिन्न कार्यक्रम

काठमाडौं – सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा २२ सेप्टेम्बरबाट शुरू भएको साताव्यापी नागरिक अभियान शनिवार प्रभातभेरि, दिनभर मोबाइल आरटीआई क्लिनिक तथा चोकचोकबाट सूचना माग्न आह्वान गर्दै प्रधानमन्त्रीलाई सूचनाको हक कार्यान्वयनका लागि ज्ञापनपत्र दिने कार्यक्रम गरी टुंगिएको छ ।

अभियानमा नागरिक संघसंस्था तथा सूचनाको हकका अभियन्ताले सामूहिक रुपमा देशव्यापी अभियान तथा कार्यक्रम सञ्चालन गरेर दिवस मनाइएको छ ।

हरेक वर्षको २८ सेप्टेम्बरको दिनलाई लक्षित गरी नेपालमा फ्रीडम फोरम लगायतका संघसंस्थाले विगत १ दशकदेखि सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइरहेका छन् । 

दिवस तथा अभियानको मुख्य उद्देश्य सूचनाको हकबारे नागरिक चेतना अभिवृद्धि गर्ने, शासकीय मामिलामा नागरिकका सरोकारबारे प्रश्न गर्ने तथा सबै सार्वजनिक निकायलाई सूचनाको हक सम्बन्धी दायित्व पूरा गर्नका लागि दबाब सिर्जना गर्नु रहेको थियो । 

नेपालमा नागरिक संघसंस्थाको सहकार्यमा ‘सूचनाको हकका लागि नागरिक अभियान’ निर्माण गरी सोको संयोजनमा साप्ताह व्यापी दिवस मनाइएको संयोजक तारानाथ दाहालले बताए । ‘सूचनाको हकका लागि नागरिक अभियान’मा फ्रीडम फोरम, गोगो फाउन्डेसन, गैसस महासंघ नेपाल, नेपाल पत्रकार महासंघ लगायत ३५ भन्दा बढी नागरिक संघ संस्थाको प्रत्यक्ष संलग्नता तथा देशभरबाट १०० बढी संस्थाको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्