२२ असार २०८३, सोमबार

भोलिदेखि हिमालयन आर्ट फेस्टिभल हुँदै, २५ लाखसम्मको पेन्टिङ प्रदर्शनीमा

भोलिदेखि हिमालयन आर्ट फेस्टिभल हुँदै, २५ लाखसम्मको पेन्टिङ प्रदर्शनीमा

काठमाडौं – १ सय ५० जना कलाकारका २ सय वटा पेन्टिङ भोलि आइतवारदेखि प्रदर्शन हुने भएका छन् ।

नेपाली कलाकारको कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा असोज १२ देखि १६ गतेसम्म हिमालयन आर्ट फेस्टिभल हुन लागेको हो ।

शनिवार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिइएको छ । हिमालयन आर्ट फेस्टिभलमा १ सय ५० जना कलाकारको २ सय पेन्टिङ प्रदर्शनमा राखिने भएको छ । फेस्टिबलमा ८ हजारदेखि २५ लाखसम्मका पेन्टिङ राखिएका आयोजक हिमालयन आर्ट फेस्टिभलले जनाएको छ ।

पत्रकार सम्मलेनमा बोल्दै आयोजक सदस्य बिदाता केसीले भनिन्, ‘नेपाली कलाकारितालाई विश्वसामु चिनाउने उद्देश्यले प्रर्दशनी राखिएको हो ।’

नेपालका कलाकारले बनाएका चित्रलाई विश्वबजारमा चिनाउने हिसाबले नेपाली कलाकारको बायोडाटासहित अनलाइनमा पेन्टिङ राखिएको केसीले बताइन् । हिमालयन आर्ट फेस्टिभलमा नेपालका प्रशिक्षार्थी कलाकारदेखि दिग्गज कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।

फेस्टिभलमा चित्रकलाका चर्चित व्यक्तित्व उत्तम नेपाली लगायतका कलाकारले आ–आफ्नो कला देखाउने छन् । उत्तम नेपाली कलाका क्षेत्रमार्फत आवाजलाई अनुवाद गर्न सक्षम कलाकार हुन् । उनको रंगमा उत्सादी र चित्रात्मक संयोजनमार्फत भावना र अनुभूतिजन्य संयोजनमा जोड दिएको पाइने पौवा कलाकार अजय बज्राचार्यले बताए ।

‘उत्तम नेपालीका पेन्टिङहरूले केही परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिको संश्लेषण गर्दछ । उनका केही सिर्जनाहरूले अभिव्यक्ति, अमूर्तता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा दृश्यकलाबीचको भावनात्मक निकटता अनुभूति झल्काउँछन्,’ उनले भने ।

चित्रकारका मौखिम पाठ क्यानभासमा देवनागरी लिपिमा अंकित गरिएको छ । ‘कवि र चित्रकारको आपसी समिश्रणले के सुझाउँछन् भने उनीहरू समान भावना, अनुभव र दृष्टिका साथ काम गर्छन् कम वा बेसी रूपमा उनीहरू समान तरिकाले वास्तविकलाई सम्झिने/बुझ्ने बोध गर्ने गर्छन् र आफ्ना रचनामा समान दृष्टि चित्रण गर्छन्,’ कलाकार आशा डंगोलले भनिन् ।

प्रदर्शनीमा पेन्टिङ, पौवा, प्रिन्ट मेकिङ, डान्स, सेरामिक लगायतका पेन्टिङ तथा नाच प्रदर्शन हुने छन् । ‘मानिसको शरीरलाई वस्तु जस्तै ठानेर कलात्मक शैलीमा उतार्ने हाम्रो प्रयास रहने छ,’ बिन्दू स्पेसका संयोजक पृथ्वी श्रेष्ठले भने, ‘हामीले विभिन्न गीत, लाइट र मानव शरीरको संयोजनमा कलाकारिता प्रदर्शन गर्ने हो । यसलाई नाच मात्र नभएर कलाकारिताको रुपमा लिइन्छ

नेपालमा विदेशी पेन्टिङलाई प्राथमिकता दिने गरिएपनि नेपाली कलाकारले चलाएको कूचीले पनि राम्रो पेन्टिङ बनाउन सक्ने आयोजक सदस्य बिदाता केसीले बताइन् ।

‘हामी विदेशी आर्टिस्टको मात्र पेन्टिङ राम्रो भन्ठान्छौं तर नेपाली मौलिकतामा पनि धेरै राम्रो पेन्टिङ हुन्छ । यहाँसम्म आएर नेपाली पेन्टिङहरूको पनि अवलोकन गरिदिन आग्रह गर्दछु,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्