०४ असार २०८३, बिहीबार

जे छोयो त्यही महँगो

असोज १२, २०७६
जे छोयो त्यही महँगो

काठमाडौं - दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु, लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ। तीन हजार तीन सय पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ। एक हजार पाँच सय ७५ देखि एक हजार ६ सयमा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि सय रुपैयाँसम्म बढेको छ।

बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्विकारेको छ। विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य वृद्धि भएको बताए।

खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ। संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य बढेको हो। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्