
काठमाडौं – फ्रान्सका धनाढ्य व्यापारी बर्नार्ड अर्नाउले जलवायु अभियन्ता ग्रेटा थनबर्ग युवाहरूका लागि हतोत्साहित बनाउने व्यक्ति भएको बताएका छन् ।
एलभीएमएच कम्पनीका प्रमुख कार्यकारी अर्बपति अर्नाउले आफ्नो संस्थाको एक कार्यक्रममा बोल्ने क्रममा उक्त टिप्पणी गरेका हुन् ।
ग्रेटा गतिशील किशोरी भएको र उनले विनाशवादप्रति आत्मसमर्पण गरेको अर्नाउले बताए ।
अर्नाउको व्यापारिक समूहमा क्रिस्टियन डियोर, गिभेन्ची र फेन्डी जस्ता ब्रान्ड छन् ।
‘हामीहरूलाई थप आशावादी बनाउने सकारात्मक समाधानलाई म प्राथमिकता दिन्छु,’ उनले भने ।
आर्थिक वृद्धिको सकारात्मक पाटो रहेको र यसले गर्दा रोजगारीको अवसर सिर्जना भएको र धेरै मानिस गरीबीबाट उठ्न पाएको उनले थपे ।

‘हामीहरू पछाडि फर्कन चाहँदैनौं भने अझै पनि वृद्धि आवश्यक छ,’ उनले भने ।
एजेन्सी