२३ असार २०८३, मंगलबार

कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन सकेन : नेता पौडेल

कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन सकेन : नेता पौडेल
फाइल तस्वीर

भक्तपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । 

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले  आइतवार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको छ भने।

कांग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा  जोड दिँदै उनले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्नेमा सुझाब दिए।

वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो ।  

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले पार्टीलाई एक ढिक्का पार्दै जनसमुदायमा घुलमिल गराउनुपर्नेमा जोड दिए। त्यस अवसरमा कांग्रेस नेता कञ्चनचन्द्र बादे, लोकेश ढकाल, नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, क्षेत्र नं १ का पार्टी सभापति जीवन खत्री, सचिव उद्धव खड्कालगायतले स्व कुइँकेलले पार्टी र देशका लागि पुर्‍याएको योगदानको चर्चा गर्दै कांग्रेसले गुटउपगुट त्यागेर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्