
काठमाडौं, २० चैत –अख्तियार दुरुपयोग अनुसन्धान विभागले ३० हजार रुपैयाँ घूस रकमसहित एक अमिनलाई पक्राउ गरेको छ ।
नापी कार्यालय, जनकपुर, धनुषामा सेवा करार अन्तर्गत अमिन पदमा कार्यरत कृष्ण प्रसाद जोशीलाई घुस रकम सहित नियन्त्रणमा लिईएको हो ।
जोशीविरुद्व अर्काको नाममा नापी भएको गाउँ ब्लकको जग्गा साविक अनुसार सेवाग्राहीकै नाममा नाप नक्सा कायम गराउनका लागि सम्वन्धीत कार्यालयमा निवेदन दिएकोमा सो कार्य गरे वापत विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा आयोगको कार्यालय, वर्दिबासबाट खटिएको टोलीले अमिन जोशीलाई ३० हजार रुपैयाँ घूस रकमसहित कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ