१० साउन २०८३, आइतबार

म्यादी प्रहरीमा भर्ना हुन युवा युवतीकोे हानथाप

कात्तिक २०, २०७४
म्यादी प्रहरीमा भर्ना हुन युवा युवतीकोे हानथाप
मुगु, २० चैत-सरकारले स्थानीय चुनावको घोषणा गरेसँगै अस्थायी(म्यादी) प्रहरी भर्ना छनोट प्रक्रिया दशैभर चलिरहेको छ ।
छोटो अवधीका लागि मागिएको म्यादी प्रहरी बन्नका लागि कर्णलीको मुगुमा पनि युवायुवतीको भीड लागेको छ ।

आर्थिक रुपमा पछि रहेको र रोजगारीको अवसर भएका मुगुका युवा युवती म्यादी प्रहरी बन्न लागि परेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा करिव ७ सय बढी यूवा युवतीहरु म्यादी प्रहरी छनोटको लागी तयारी भएर बसेका छन् ।

शैक्षिक प्रमाणपत्र भएपनि रोजगारीको उचीत व्यवस्था नभएका कारण ५५ दिनका लागि सरकारले आह्वान गरेको म्यादी प्रहरीमा छानिनका लागि युवा युवती तछाड मछाड गरिरहेका छन् ।

मुगुमा यसपटक म्यादी प्रहरी छनोटमा युवसँगसँग्ै युवतीको उपस्थिति उल्लेख्य भएको प्रहरी नायक निरीक्षक शुरेन्द्र भट्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्