
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सोमवार अचानक नेकपा उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा पुगेका छन् ।
प्रदेशका मुख्यमन्त्रीको क्वाटर शिलान्यास गर्न ललितपुरस्थित भैँसेपाटी पुगेका ओली कार्यक्रम सकेर फर्किने क्रममा गौतमको निवासमा पुगेका हुन् ।
प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, कानून मन्त्री भानुभक्त ढकाल, नेकपा महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत पनि गौतम निवास पुगेका थिए ।
उपाध्यक्ष गौतमनिकट स्रोतका अनुसार केहीबेर त्यहाँ नेताहरूबीच भलाकुसारी पनि भएको थियो ।
ओली गौतम निवासमा कालो चिया खाएर फर्किएको स्रोतले जानकारी दियो ।
हेर्नुहोस्, गौतम निवासमा गरिएको फोटोसूट :
