कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडौं– प्याज निर्यातमा भारतले रोक लगाएपछि नेपाली व्यापारीले प्याजको कालोबजारी शुरू गरेका छन् ।
आइतवारदेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली व्यापारीले बढी नाफाको लोभमा कालोबजारी शुरू गरेका हुन् ।
प्याज लुकाएर व्यापारीहरूले मूल्य पनि एक दिनमै ३० रुपैयाँभन्दा बढी बढाइसकेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमवार गरेका अुनगमनका क्रममा व्यापारीले प्याजमा कालोबजारी शुरू गरेको पाएको छ ।
अनुगमन टोलीले कालिमाटी तरकारी तथा फलफूल बजारका व्यापारीले प्याज लुकाएको भेट्टाएको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजारको अर्याल आलु प्याज सप्लायर्सको प्याज गोदाममा अनुगमन गर्दा त्यहाँ २ सय बोरा प्याज लुकाइएको भेटिएको अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठले जानकारी दिए ।
शुरूमा प्याज व्यापारीले गोदामभित्र प्रवेश गर्न नदिएको र पछि हेर्दा २ सय बोरा प्याज लुकाएको पाइएको अनुगमन अधिकृत श्रेष्ठले जानकारी दिए ।
‘शुरूमा हामीलाई १ सय ५० बोरा प्याज स्टकसहितको कागजात देखिएको थियो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘पछि गोदाम हेर्दा थप २ सय बोरा प्याज भेटियो, त्यसलाई लुकाएको भन्ने कि के भन्ने?’
उक्त पसलले १ सय ७ रुपैयाँ प्रतिकेजीका दरले प्याज खरिद गरेर १ सय १० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरिरहेको छ ।
मूल्यमा त्यस्तो कुनै खराबी नपाइएपनि आपूुले स्टक राखेको प्याज देखाउन नमानेकाले ती व्यापारीलाई २४ घण्टाभित्र चित्त बुझ्दो जवाफसहित विभागमा उपस्थित हुनका लागि निर्देशन दिइएको अनुगमन अधिकृत श्रेष्ठले बताए ।
अनुगमनको क्रममा ती व्यापारीले खुद्रा बिक्री गरिरहेको ठाउँमा नअटाएकाले २ सय बोरा प्याज गोदाममा राखेको प्रतिक्रिया दिएको श्रेष्ठले जानकारी दिए ।
‘खुद्रा बिक्री गर्ने ठाउँमा पनि गोदाम रहेछ,’ श्रेष्ठले भने, अर्को ठाउँमा पनि गोदाम रहेछ । तर ती व्यापारीले अर्को गोदाम देखाउन मानेका थिएनन्, हामी गएपछि थप २ सय बोरा प्याज त्यहाँ भेटियो ।’ श्रेष्ठका अनुसार खुद्रा बिक्री गरिरहेको ठाउँमा १ सय ५० बोरा प्याज भेटिएको थियो ।
भारतले निर्यातमा गरेको कडाइपछि एकाएक प्याजको मूल्य बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका लागि कालिमाटीमा ४ वटा टोली अनुगमनका लागि खटाएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...