२५ जेठ २०८३, सोमबार

दशैंमा मासुको अभाव हुँदैन : मन्त्री खनाल

दशैंमा मासुको अभाव हुँदैन : मन्त्री खनाल
फाइल फोटो

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले यसवर्षको दशैंमा मासुको अभाव नहुने दाबी गरेका छन् ।

सोमवार आयोजना गरिएको साक्षात्कार कार्यक्रममा उनले बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्न खोजे कालोबजारी ऐनअनुसार तत्काल कारवाही गरिने चेतावनी दिए ।

उनले दशैंमा मासुको अभाव हुने भन्ने उपभोक्तामा अनावश्यक हल्ला सिर्जना गरेकाले कालोबजारीलाई सलबलाउन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि, तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त अनुगमन समिति गठन गरिएको बताए । मन्त्री खनालले आवश्यक परे आफू पनि अनुगमनमा निस्कने जानकारी गराए ।

अष्टमीदेखि दशमीसम्म ३ दिन नेपालमा अधिक मासुको खपत हुने गरेको छ । जसमध्ये उपत्यकामा मात्र ३ दिनका लागि ३५ लाख खसी बोकाको खपत हुने अनुमान गरिएको छ । मासुको अभाव हुन नदिन पशुपन्छी विभागले आयातमा प्रतिबन्ध भने लगाएको छैन तर आयातित पशुपन्छीको अनिवार्य जाँच हुनुपर्ने जनाएको छ । 

पशु सेवा विभागको तथ्यांकमा यसवर्ष उपत्यकामा ६ लाख र उपत्यका बाहिर २७ लाख खसीबोका खपत हुने अनुमान छ । खसीबोका बाहेक, कुखुरा ९ लाख र राँगा १५ लाख किलो आवश्यक पर्छ ।

उत्पादनका हिसाबले राँगा १ लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ भने त्यसका अतिरिक्त खाद्य संस्थानले २ हजार र निजी व्यवसायीले ६ हजार भेडाच्यांग्रा ल्याउने भएका छन् ।  

व्यापारीले उपत्यकामा तराईका २२  जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङ लगायतका जिल्लाबाट खसी बोका तथा मनाङ्, मुस्ताङ्, रसुवा तथा तिब्बतबाट भेडाच्यांग्रा बिक्रीका लागि ल्याउने गर्छन् । ३ दिन दशैंमा माछा, भेडाच्याङ्ग्रा, खरायो, हाँस, लौकाट, अष्ट्रिच, बंगुर, सुंगुर र बँदेलको मासु पनि खपत हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्