
सशस्त्र प्रहरी बल नेपालका पूर्ववरिष्ठ अधिकृतहरुले असुरक्षित महसुस भएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् ।
सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार १२ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी) गरी २२ जनाले असुरक्षित महसुस गरेको भन्दै सूरक्षाकर्मी माग गरेका हुन् । गृह मन्त्रालयले हाल मुलुकमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताइरहँदा सशस्त्रका पूर्ववरिष्ठ अधिकृतहरूले नै सुरक्षाको माग गर्नुलाई भने अनौठो रूपमा लिइएको छ ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार पूर्वएआईजी र डीआईजी गरी २२ जनाले व्यक्तिगत रूपमा असुरक्षित महसुस गरी सुरक्षा सहायक उपलब्ध गराउन माग गर्दै मुख्यालयमा निवेदन दिएका हुन् ।
स्रोतका अनुसार असुरक्षित माग गरी सुरक्षाकर्मी मागिए पनि पूर्वअधिकृतहरूले सुरक्षाको बहानामा ती सुरक्षाकर्मीलाई घरायसी काममा प्रयोग गर्ने गरी माग गरेको अनुमान गरिएको छ । राजधानी दैनिकमा खबर छ ।