१४ असार २०८३, आइतबार

यौनको पक्षमा कंगना, भनिन् यस्तो...

असोज १४, २०७६
यौनको पक्षमा कंगना, भनिन् यस्तो...

काठमाडौं –बलिउड अभिनेत्री कंगना रनावत सनसनीपूर्ण अभिव्यक्ति दिनमा माहिर मानिन्छिन् ।

कहिले आफ्नै सहकर्मीमाथि मौखिक हमलामा उत्रिन्छिन भने कहिले विवादास्पद विषयमा उत्तेजक भनाइ दिएर । त्यसैले पनि बलिउडमा उनको छवि लडाकु स्वभावको छ । हत्तपत्त कोही पनि कंगनासँग सवालजवाफमा उत्रन चाहन्नन् । 

यतिबेला पनि क्रगनाले सेक्सको मामिलामा उदारतापूर्ण अभिव्यक्ति दिएकी छिन् । उनले हरेक अभिभावकले आफ्ना सन्तानलाई यौनप्रति प्रोत्साहित गर्नुपर्ने धारणा राखेकी छिन् । 

भारतीय समाजमा यौनलाई सार्वजनिक रूपमा वर्जित विषय मानिनेमा यी अभिनेत्रीले आपत्ति जनाउँदै हालै एक कार्यक्रममा भनेकी छिन्, ‘यौन भनेको हरेक व्यक्तिको जीवनको महत्वपूर्ण पक्ष हो । जब तपाईंलाई यौनेच्छा हुन्छ, तब पूरा गर्नुहोस् । यसमा नलगाउनुहोस् । र, अभिभावकहरू त आफ्ना सन्तानले यौन सुख लिएको थाहा पाएमा खुसी हुनुपर्छ । सन्तानहरू पनि यौनप्रति बढी जिम्मेवार चाहीँ हुनुपर्छ ।’

आफूले पनि सानै उमेरमा यौन संसर्ग गरेको बताउँदै भनिन्, ‘मेरा अभिभावक त त्यतिबेला सक्ड नै भए जतिबेला म यौनका मामिलामा सक्रिय थिएँ । खासमा परिवार सन्तानको यौनप्रति चासो दिनुपर्छ र यसका लागि प्रेरित गर्नुपर्छ ।'

३२ वर्षिया कंगनाले आफू कहिल्यै विवाह नगर्ने पनि बताएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्