२९ जेठ २०८३, शुक्रबार

दशैंको तयारी – केरुङ हुँदै चिनियाँ भूमिबाट खाद्यान्न ढुवानी

असोज १४, २०७६
दशैंको तयारी – केरुङ हुँदै चिनियाँ भूमिबाट खाद्यान्न ढुवानी
फाइल तस्वीर

हुम्ला– नेपाल खाद्य संस्थानले हुम्लामा चाडपर्वका बेला खाद्यान्न अभाव हुन नदिन चिनियाँ भूमी प्रयोग गर्दै ढुवानी गरेको छ ।

संस्थानको हुम्ला शाखाले दशैं र तिहारलाई लक्षित गरी हवाई र स्थलमार्गबाट खाद्यान्न ढुवानी शुरू गरेको हो ।  

रसुवाको केरुङ नाकाबाट चीनको विभिन्न भाग हुँदै पुनः हुम्लाको सीमामा रहेको हिल्सा नाकाबाट खाद्यान्नको ढुवानी शुरू भएको छ । हाल सिमकोटमा रहेको नेपाल खाद्य संस्थानको डिपोमा ढुवानीको लागि नाम्खा गाउँपालिकाको केर्मीबाट हरेक दिन ३ वटा टिपरले ढुवानी गर्दै आइरहेका छन् । 

हवाई ढुवानीबाट भन्दा स्थलगत रुपमा ढुवानी गर्दा संस्थानलाई प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म सस्तो पर्ने गरेको छ ।

खाद्य संस्थानको काठमाडौंस्थित केन्द्रीय कार्यालयकबाट रसुवाको  केरुङ नाका हुँदै तिब्बकतको बाटो भएर हिल्लासम्म चिनियाँ कन्टेनर र त्यहाँबाट नेपाली टिपरले हिल्सा सिमकोटसम्म ढुवानी भइरहेको छ । कारोबार दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्