काठमाडौं – सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् भने सभामुखको निजी सचिवालयले त्यसको खण्डन गरेको छ ।
सचिवालयमा कार्यरत ती महिला कर्मचारीले आइतवार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनको भनाई छ ।
त्यसकै आधारमा ससोमवार साँझ अनलाइनहरूमा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले राति विज्ञप्ति जारी गरी खण्डन गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।