
काठमाडौं – लक्ष्मी बैंकले मोरङ्गको रँगेलीमा र काठमाण्डौंको कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
यससँगै बैंकको ४८ जिल्लामा १ स १५ शाखा सञ्जाल विस्तार भएको छ भने २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर सञ्चालनमा रहेको छ ।
१ सय ४० एटीएम, २ हजार ५ सयभन्दा बढि रेमिटान्स एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।