३० असार २०८३, मंगलबार

सभामुख र सांसद पदबाट राजीनामा दिन महरालाई नेकपाको सुझाव

सभामुख र सांसद पदबाट राजीनामा दिन महरालाई नेकपाको सुझाव

काठमाडौं – संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सुझाव दिएको छ ।

मंगलवार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले महरालाई सभामुख र संसद् दुवै पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सभामुख भएपछि पार्टीगत जिम्मेवारीबाट राजीनामा दिएकाले महरा अहिले औपचारिक रूपमा नेकपामा आवद्ध छैनन् ।

यद्यपि उनी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनमार्फत् दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्