
काठमाडौं – बलात्कार घटनामा नाम जोडिएपछि सभामुख कृष्णबहादुर महरालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दियो ।
सचिवालय बैठकको निर्णय सार्वजनिक भएको १ घण्टाभित्रै महराले सभामुख पदबाट राजीनामा दिएका छन् । तर नेकपाले सांसद पदबाट समेत राजीनामा दिन दिएको सुझाव महराले अवज्ञा गरेका छन् ।
उनले उपसभामुखलाई बुझाएको राजीनामा लेखिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’
सभामुख कृष्णबहादुर महराको ‘लेटर प्याड’मा बुझाइएको राजीनामा पत्रको पुछारमा सभामुखकै हैसियतमा हस्ताक्षर गरिएको छ । राजीनामा पत्रमा ‘प्रतिनिधिसभा सदस्य’ उल्लेख गरिएको छैन ।
सांसद पदबाट राजीनामा नदिएको सन्दर्भमा जिज्ञासा राख्दा महराको सचिवालयले ‘राजीनामा पत्रमा जे लेखिएको छ, त्यहीँबाट राजीनामा दिएको’ प्रतिक्रिया दिएको छ ।
यस्तो छ महराको राजीनामा पत्र –
