०३ असार २०८३, बुधबार

इतिहासमै पहिलोपटक गम्भीर आरोपमा उच्चपदस्थ अधिकारीद्वारा राजीनामा

असोज १५, २०७६
इतिहासमै पहिलोपटक  गम्भीर आरोपमा उच्चपदस्थ अधिकारीद्वारा राजीनामा

काठमाडौं –  यौन दुराचारको गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले  पदबाट राजीनामा दिएका छन् । यस्तो गम्भीर आरोप लागेर पदबाट राजीनामा दिने उनी इतिहासमै पहिलो उच्चपदस्थ अधिकारी हुन् । 

मंगलबार महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका छन् । आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठेपछि निष्पक्ष छानबिनमा सघाउन राजीनामा दिएको उनले पत्रमा उल्लेख गरेका छन् । त्यसअघि सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाएको थियो । ०७४ फागुन २७ गते महरा संघीय संसद्को प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत मतले चुनिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त भएको छ । 

संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले सोमबार महरामाथि जबर्जस्ती गर्न खोजेको आरोप लगाएकी थिइन् । आइतबार बेलुकी डेरामै आएका महराले आफूमाथिदुर्व्यवहारसँगै कुटपिटसमेत गरेको उनको दाबी थियो ।

तर, महराले राजीनामा दिएलगत्तै घटनाले नयाँ मोड लिएको छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै सोमबार मिडियामा अन्तर्वार्ता दिएकी ती महिलाले २४ घन्टा नबित्दै बयान फेरेकी छिन् । मंगलबार अर्को मिडियालाई दिएको अन्तर्वार्तामा उनले महरा आफ्नो डेरामै नआएको बताएकी छिन् ।

 यौन दुराचारको गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले  पदबाट राजीनामा दिएका छन् । यस्तो गम्भीर आरोप लागेर पदबाट राजीनामा दिने उनी इतिहासमै पहिलो उच्चपदस्थ अधिकारी हुन् । 

मंगलबार महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका छन् । आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठेपछि निष्पक्ष छानबिनमा सघाउन राजीनामा दिएको उनले पत्रमा उल्लेख गरेका छन् । त्यसअघि सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाएको थियो । ०७४ फागुन २७ गते महरा संघीय संसद्को प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत मतले चुनिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त भएको छ । 

संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले सोमबार महरामाथि जबर्जस्ती गर्न खोजेको आरोप लगाएकी थिइन् । आइतबार बेलुकी डेरामै आएका महराले आफूमाथिदुर्व्यवहारसँगै कुटपिटसमेत गरेको उनको दाबी थियो ।

तर, महराले राजीनामा दिएलगत्तै घटनाले नयाँ मोड लिएको छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै सोमबार मिडियामा अन्तर्वार्ता दिएकी ती महिलाले २४ घन्टा नबित्दै बयान फेरेकी छिन् । मंगलबार अर्को मिडियालाई दिएको अन्तर्वार्तामा उनले महरा आफ्नो डेरामै नआएको बताएकी छिन् । नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्