०९ असार २०८३, मंगलबार

अस्ट्रेलियासँग नेपालको भिडन्त, उत्कृष्ट प्रदर्शनको अपेक्षा

असोज १५, २०७६
अस्ट्रेलियासँग नेपालको भिडन्त, उत्कृष्ट प्रदर्शनको अपेक्षा

काठमाडौं – सन् २०२२ को कतार विश्वकप छनौटअन्तर्गत अस्ट्रेलियासँग खेलिने खेलमा नेपालले उत्कृष्ट प्रदर्शनको आशा गरेको छ ।

नेपाली टोलीका प्रशिक्षक योहान कालिनले अस्ट्रेलिया समूहको सबैभन्दा बलियो टोली रहेकाले नेपालको लक्ष्य उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘चाइनिच ताइपेईको खेलले खेलाडीमा जोस पलाएको छ । नेपालको प्रयास अस्ट्रेलियासँग राम्रो खेल्नु हुनेछ,’ कालिनले भने । 

नेपालका गोलरक्षक किरण चेम्जोङले विश्वकप खेलिसकेको अस्ट्रेलियासँग खेल्न पाउनु नै आफूहरूको भाग्य भएको बताए । ‘गोर्खाली नामको निडर पहिचानलाई हामी बिर्सने छैनौं । अस्ट्रेलिया बलियो भएपनि राम्रो टक्कर दिने वाचा गरेका छौं,’ अखिल नेपाल फूटबल संघ (एन्फा)ले मंगलवार अआयोजना गरेको बिदाइ कार्यक्रममा किरणले भने ।

विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत नेपालले असोज २३ गते उसैको मैदानमा खेल्दैछ । एन्फाले मंगलवार नै अस्ट्रेलियासँगको खेलका लागि २३ सदस्यीय खेलाडी टोलीको घोषणासमेत गरिसकेको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्