२२ असार २०८३, सोमबार

हङकङमा प्रहरीले किशोरलाई गोली हानेर मारेको विरोधमा धर्ना

हङकङमा प्रहरीले किशोरलाई गोली हानेर मारेको विरोधमा धर्ना

काठमाडौं – हङकङमा भइरहेको विरोध प्रदर्शनमा मंगलवार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका किशोरको सम्झनामा सयौं विद्यार्थी र कर्मचारीहरूले ती किशोर पढ्ने विद्यालयबाहिर बुधवार धर्ना दिएका छन् । 

साङ चि–किन नामक ती किशोरलाई गोली लागेपछि गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । पहिलोपटक विरोधकर्ताहरूमाथि गोली प्रहार गरिएको हो । 

बुधवार भएको विरोध प्रदर्शनमा विभिन्न सन्देशसहितका पोस्टर प्रदर्शन गरिएका थिए । एउटामा ‘हिंसारहित विद्यार्थी’ लेखिएको थियो भने उनीहरूले हङकङ प्रहरीमाथि सुनियोजित हत्याको आरोप लगाए । धर्नामा बसेका अधिकांशले पहिचान लुकाउन मुकुण्डो लगाएका थिए किनकि अधिकारीहरूबाट प्रतिशोधको डर उनीहरूलाई छ । 

उक्त हत्याको विरोधमा हङकङका माध्यमिक विद्यालयहरूले कक्षा बहिष्कारको योजना समेत बनाएका छन् । 

अन्य विरोधकर्ताहरू बुधवार वेस्ट कोलून अदालतकक्षमा भेला भएका थिए । त्यहाँ सप्ताहान्तमा पक्राउ गरिएका ९६ जनालाई अभियोग लगाइने सम्भावना छ ।

द गार्डियनबाट 

salt training

कमेन्ट गर्नुहोस्