काठमाडौं – हृत्तिक रोशन र टाइगर श्रोफको फिल्म वार बुधवार सार्वजनिक भएको छ । पहिलो दिन नै फिल्मले ४० करोड भारुको व्यापार गरेको छ ।
फिल्म चार हजार स्क्रीनहरूमा रिलिज गरिएको छ । फिल्मको बजेट लगभग २०० करोड भारु छ ।
बक्स अफिसमा वारले दक्षिणी फिल्म साय रा नरसिंहा रेड्डी र हलिउड फिल्म जोकरसँग टक्कर लिइरहेको छ । तर वारलाई ती फिल्मले असर पार्ने देखिएको छैन ।
फिल्ममा हृत्तिक र टाइगरको एक्सन र डान्स मुभको प्रशंसा भएको छ । निर्देशन सिद्धार्थ आनन्दले गरेका छन् भने आदित्य चोपडाले यसको निर्माण गरेका हुन् ।
एजेन्सी