काठमाडौं –अमिताभ बच्चनको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’को ११ औं सीजनमा बिहीवार एक यस्तो कन्टेस्टेन्ट आउँदैछिन्, जसलाई देखेर सबै छक्क पर्दछन् ।
हरियाणाबाट आएकी डाक्टर उर्मिला धतरवालले जब हट सीटमा बस्नका लागि आफ्नो नाम सुन्छिन्, तब उत्साहका साथ सबैलाई उनले फ्लाइङ किस दिन्छिन् । निकै उत्साहका साथ उनले आफ्नो सीटमा बस्छिन् जसलाई अमिताभ बच्चनले हेरिरहन्छन् ।
कार्यक्रमको बिहीवारको एपिसोडमा डा. उर्मिला फास्टेस्ट फिंगर फस्र्टमा सहि जवाफ दिँदै हट सीटमा बस्छिन् । उर्मिलाको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनले आफ्नो नाम सुनेर खुशी हुँदै फ्लाइगं किस दिइरहेकी छिन् ।
हट सीटमा बसिसकेपछि अमिताभले उर्मिलालाई भनेका छन्, यति धेरै फाइङ किस त अहिलेसम्म कुनै कन्टेस्टेन्टले पनि दिएको थिएन ।’ उर्मिलाले अमिताभलाई केही स्वास्थ्य सम्बन्धित जानकारी पनि दिने बताइएको छ ।
भिडियोमा अमिताभले उर्मिलालाई सोधेका छन्,'धेरै नुन पनि खान हुँदैन, धेरै चीनी पनि खान हुँदैन, खाने चाहीं के ?' जवाफमा उनले भनेकी छिन्, 'हावा खाने' ।
यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।