०७ असार २०८३, आइतबार

आफूलाई आक्रमण गर्नेलाई के भने ज्ञानेन्द्र शाहीले ?

आफूलाई आक्रमण गर्नेलाई के भने ज्ञानेन्द्र शाहीले ?
फाइल तस्वीर

काठमाडौं- भ्रष्टाचारविरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले आफूलाई आक्रमण गर्नेहरूलाई दशैंको शुभकामना दिएका छन् । 

प्रेस वक्तव्य पढेर सुनाउँदै उनले चितवनमा आफूलाई आक्रमण गर्नेप्रति दशैंको शुभकामना दिएका हुन् । 

उनले भनेका छन्, 'मप्रति चितवनमा आक्रमण गर्नेहरूलाई दशैंको शुभकामना छ । दुर्गा भवानीले भाला र तरबार समाउने हातमा कलम समाउने सद्बुद्धि दिउन् । विचारले प्रतिवाद गर्न सक्ने क्षमता तपाईंहरूमा वृद्धि होस् ।'

उनले आफू मरेर बाँचेको पनि भन्न भ्याए । 'तपाईंहरूको माया र सद्भावले मैले नयाँ जीवन पाएको छु । मरिसकेको मान्छे पनि बाँचेको छु,' शाहीले भने । 

‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि असोज ११ गते चितवनमा आक्रमण भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्