२६ असार २०८३, शुक्रबार

ग्रेटा थनबर्गले यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने सट्टेबाजहरूको अनुमान (भिडियो)

ग्रेटा थनबर्गले यस वर्षको नोबेल शान्ति पुरस्कार पाउने सट्टेबाजहरूको अनुमान (भिडियो)

काठमाडौं – विज्ञहरू त सतर्क छन् तर सट्टेबाजहरूले भने अर्को हप्ता दिइने नोबेल शान्ति पुरस्कार जलवायु अभियन्ता ग्रेटा थनबर्गले पाउने अनुमान गरेका छन् । 

बेलायती सट्टेबाजी कम्पनी ल्याडब्रोक्सले १६ वर्षीया अभियन्ता थनबर्गले संयुक्त राष्ट्रसंघको जलवायु शिखर सम्मेलनमा व्यक्त गरेको आक्रोशपछि नोबेल पुरस्कार पाउन सक्ने अनुमान गरेको छ । 

राष्ट्रसंघमा आक्रोशित भाषण दिएर थनबर्गले विवाद निम्त्याएकी थिइन् । पछि उनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग ट्विटरमा भिडेकी थिइन् । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बिहीवार थनबर्गको आलोचना गर्दै उनले जटिल आधुनिक विश्व बुझ्न नसकेको बताइन् । 

राष्ट्रसंघमा थनबर्ग प्रतिनिधिहरूमाथि चर्को रूपमा खनिएकी थिइन्, ‘तिमीहरूको कत्रो आँट ? तिमीहरूले मेरा सपना र मेरो बाल्यकाल आफ्ना खोक्रा शब्दले लुटेका छौ, यद्यपि म अलिक भाग्यमानीमा पर्छु । मानिसहरू पीडा भोगिरहेका छन्, मरिरहेका छन्, वातावरणीय प्रणालीहरू ध्वस्त भइरहेका छन् । तिमीहरूले हामीलाई असफल बनाएमा हामीहरूले तिमीहरूलाई कहिल्यै माफ गर्ने छैनौं,’ उनले भनिन् । 

थनबर्गले आक्रोशित भाषणका क्रममा आँसु समेत बगाएकी थिइन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्