०८ असार २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा पस्यो, आधा घण्टासम्म उडान प्रभावित

कात्तिक २०, २०७४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र चितुवा पस्यो,  आधा घण्टासम्म उडान प्रभावित

काठमाडौं, २१ चैत–  देशको एक मात्र अन्तर्राष्ट्रियस्तरको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा चितुवा पसेको छ । आज बिहान करिव ८ बजेतिर विमानस्थलभित्र चितुवा पसेको हो ।

बुद्ध एयरका पाइलटले चितुवा देखेपछि विमानस्थल प्रशासनलाई खबर गरेका थिए । धावनमार्गको मध्य भागमै चितुवा देखिएपछि करिब आधा घन्टा आन्तरिक र बाह्य उडानहरु बन्द गरिएको थियो ।

अहिले उडानहरु सुचारु गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार अहिले चितुवाको खोजी भइरहेको छ ।

चितुवाको खोजीका लागि विमानस्थलका सुरक्षाकर्मी र सिकारी परिचालन गरिएको प्रवत्ता ठाकुरले बताए । साथै चितुवालाई पक्राउ गर्न सदर चिडियाखान जावलाखेलबाट प्राविधिकसहितको टोलीलाई बोलाइएको जनाइएको छ ।

विमानस्थलको बाहिर काँडेतारसहित बार लगाइएको भएपनि चितुवा कसरि भित्र छिर्यो भन्ने प्रश्नको जवाफमा प्रवक्ता ठाकुरले अहिले नै त्यसबारे केही भन्न नसकिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्