×

NMB BANK
NIC ASIA

विदेश बुझाइ

जापानका ३ ‘अ’ : अटोमेसन, अथक परिश्रम र आरिगातो गोजाईमास !

असोज १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हिरोसिमा (जापान) - बच्चैदेखि किताबमा पढ्दै अनि अग्रजबाट सुन्दै आएको नेपालको सबैभन्दा ठूलो दातृराष्ट्र जापान पुग्ने सपना जापान सरकारको जाईका अन्तर्गतको जेडीएस छात्रवृत्तिमा २ वर्षे अध्ययनका लागि छनौट भएसँगै पूरा भयो ।

Muktinath Bank

भविष्यमा आफ्नो वृत्तिविकासमा छात्रवृत्तिले पार्ने सकारात्मक प्रभावलाई लिएर निकै हर्षित थिएँ । त्योभन्दा ज्यादा उत्साहित अर्काे पक्षबाट थिए, सधै जिकिर भइराख्ने जापानको आर्थिक समृद्धि, अत्याधुनिक प्रविधिबारे केहीदिनमै नजिकबाट नियाल्ने जीवनको पहिलो अवसर प्राप्त गर्दै थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०१९ अगस्टको अन्तिम साताको उडानबाट मातृभूमि नेपाल छोडेर सूर्याेदयको देश जापान टेकेदेखि हालसम्मको छोटो समयमा जापानमा मलाई अचम्मित साथै आकर्षित गर्ने थुप्रै कुरा देखिए तर ३ वटा यस्ता अद्भूत कुरा देखे, जसले पूरा जापानलाई परिभाषित गर्ने सामर्थ्य राख्दछ । 


Advertisment
Nabil box
Kumari

जापानलाई ३ ‘अ’ मा समेटेर परिषाषित गर्न सकिन्छ । जुन यसप्रकार छन् –

Vianet communication
Laxmi Bank

पहिलो – अटोमेसन 

अटोमेसन अर्थात् स्वचालन जापानको विकास र समृद्धिको पर्याय प्रतित हुन्छ । जापानमा ठूल्ठूला औद्योगिक क्रियाकलापदेखि स–साना दैनिक दिनचर्याका कार्य पनि स्वचालित प्रविधिमा आधारित छन् ।
निश्चय नै अटोमेसनले जापानको समृद्धिलाई गति दिएको प्रतित हुन्छ । चाहे ट्राफिक सिग्नल हुन्, रेल तथा बस वा अन्य भुक्तानीका कुराहरू स्वचालित प्रविधिमा छन् । यति मात्रै नभई यहाँका शौचालय पनि उच्च स्वचालित प्रविधिमा टेकेर बनाइएका छन् । 

अर्काे जापानको गज्जबको कुरा भनेको भेन्डिङ मशिन हो । जसको प्रयोगबाट विना पसले सहजै सडकको छेवैबाट अत्यावश्यक वस्तु खरिद गर्न सकिन्छ । 

जापानको हालको जनसंख्या करीब १३ करोड रहेको छ । जापानमा ५० लाखजति भेन्डिङ मशिन रहेको पछिल्लो तथ्यांकले देखाउँछ अर्थात् हरेक २६ जनाको लागि १ भेन्डिङ मशिन । 

दोस्रो – अथक परिश्रम 

‘वर्क इज वर्शीप’ अर्थात् कामलाई पूजा मान्ने संस्कारको जापानमा निकै अनुशासित ढंगले प्रत्येक नागरिकले व्यावहारिक कार्यान्वयन गरेको महसूस सहजै गर्न सकिन्छ । काम गर्दा जापानीहरू समयलाई निकै ध्यान दिँदा रहेछन् ।

एउटा किस्सा जो मसँग घटेको थियो समयलाई लिएर । टोकियोको सिंजुकु वासिङ्गटन होटेलको बसाइको दौरान हामीहरूलाई जाईकाले जापानमा घुलमिल हुन सहज होस् भन्ने उद्देश्यले जापानी भाषाको मोड्युलहरू पनि सञ्चालन गरेको थियो । पहिलो कक्षामा जाँदा म लिफ्टमा मानिसहरूको चापले गर्दा १ मिनेट ढिलो पुगेको थिए । कक्षा प्रवेशपश्चात् जापानी भाषा प्रशिक्षकले ‘बोहरा सान ! यु आर वान मिनेट लेट’ भनेको अझै याद आउँछ । 

समयका अतिरिक्त जापानीको कामप्रतिको लगाव पनि निकै अनुकरणीय रहेको छ । सुन्दा अचम्म राख्छ – जापानमा कर्मचारीले तोकिएभन्दा घण्टौं ज्यादा काम गर्ने प्रवृत्ति बढ्दै गएको र त्यसले गर्दा स्वास्थ्य एवं पारिवारिक जीवनमा असर पर्नसक्ने सम्भावनालाई मध्यनजर गरी धेरै कार्यालयमा निगरानीको लागि रोबोट वा ड्रोन राखिँदा रहेछन् । यदि कुनै कर्मचारी लगातार धेरै दिनसम्म अतिरिक्त काम गरेको फेला पर्छ भने स्पष्टीकरण सोधिनुका साथै त्यस्तो नगर्न प्रबन्धकबाट निर्देशितसम्म गरिँदो रहेछ । 

तेस्रो – आरिगातो गोजाईमास 

आरिगातो गोजाईमास अर्थात् नम्र जापानी संस्कार । अर्थतन्त्रको हिसाबले विश्वको तेस्रो शक्ति जापान संस्कार एवं विनम्रतामा भने निर्विवादित रुपमा नम्बर १ स्थान दावीको हकदार रहन्छ । जापानी जति विनम्र अनि सदाचारी मानिस दुनियाँमा बिरलै भेटिन्छन् होला जस्तो लाग्दछ जापानीको व्यवहार, बोली, सहयोगी भावना देख्दा ।

उपशीर्षकमा रहेको ‘आरिगातो गोजाईमास’को अर्थ के हो भन्ने कतिपयलाई कौतुहलता जाग्न सक्छ । जापानीमा ‘धन्यवाद’लाई ‘आरिगातो गोजाईमास’ भनिन्छ । यो हुन त केवल एक शब्द हो तर नम्र जापानी दिनमा यसको कति हजार पटक प्रयोग गर्दछन्, त्यो बडा सुन्दर पक्ष रहेको छ ।

एउटा विदेशी सहयोग माग्न जापानी कहाँ पुग्छ, जापानीले पूरा सहयोग गर्छ साथै अन्त्यमा मुस्कानसहित ‘आरिगातो गाजाईमास’को भेट पनि टक्र्याउँदछ । यो हो जापानी संस्कार ।

विनम्रसँगै जापानीहरू निकै इमान्दार पनि हुँदा रहेछन् । १ दिन टोकियो बसाइका दौरान १ जना पाकिस्तानी साथीको मोबाइल फोन होटेलको लबिमा छुटेको थियो । ती साथीले त्यो कुरा भोलि मात्र थाहा पाएका थिए र रिसेप्सनमा बुझ्न जाँदा हिजो १ जना जापानीले फेला पारेको र रिसेप्सनमा बुझाइदिएको कुरा थाहा भएको थियो ।

त्यो दिन मलाई लाग्यो सायद समृद्ध र शक्तिशाली देश ठूल्ठूला भवन र महलले नभई त्यो देशका नागरिकको इमान्दारिताले बन्ने गर्छन् ।

(शाखा अधिकृत बोहरा हाल हाल जापानको हिरोसिमा विश्वविद्यालयमा अध्ययनरत छन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x