२० असार २०८३, शनिबार

केन्याले आन्तरिक चिया उद्योगको प्रवर्द्धन र खपत गर्ने

केन्याले आन्तरिक चिया उद्योगको प्रवर्द्धन र खपत गर्ने

काठमाडौं –केन्याले आन्तरिक चिया उद्योगको प्रवर्द्धन गरी स्वदेशी उद्योगकै चिया खपत गर्ने नीति लिएको जनाएको छ ।

केन्याली सरकारले बिहीबार सो नीति बनाएको बताइएको छ ।

यसअघि केन्याले किसानहरुबाट राजस्व संकलन मात्र गर्ने नीति बनाएको थियो । यसका लागि केन्याका किसानले चिया निर्यात धेरै गर्ने गर्दथे । 

केन्या चिया विकास संस्थाले बिहीबार दिएको जानकारीअनुसार यसअघि केन्याली सरकारले यहाँबाट चिया निर्यात गर्ने र त्यसका माध्यमबाट राजस्व संकलन गर्ने कार्यलाई बढी प्राथमिकतामा राखेको थियो । 

तर अहिले भने स्वदेशी चियाँ उद्योगको चियाबाट नै चियाको खपत बढाउने र किसानमार्फत राजस्व संकलनलाई भन्दा पनि स्वदेश चिया उद्योगको चिया स्वदेशमै खपत गर्ने नीति अख्तियार गरेको जनाएको छ ।

उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत लिरियोन्का तियाम्तीले केन्याली पत्रकारहरुलाई भने, 'हामीले अहिलेसम्म चियाको निर्यातबाट राजस्व संकलन गर्ने नीति लिएका थियौँ तर अब भने स्वदेशी उद्योगबाटै चिया उपभोग गर्ने र स्वदेशी चिया उद्योगलाई प्रवद्र्धन गर्ने भएका छौँ ।'

उनका अनुसार केन्याले अहिलेसम्म स्वदेशी चिया उद्योगमा उत्पादित भएको कम्तीमा पनि ९५ प्रतिशत चिया निर्यात गर्ने गरेको छ । 

उनले स्वदेशी चिया उद्योगको प्रवद्र्धनका लागि देशको युवा बर्गलाई लक्ष्य गरेर विभिन्न सुविधाहरु दिइएको र यसबाट चिया उद्योगको प्रवर्द्धन हुने ठानिएको बताए।

केन्या संसारमा नै एक ठूलो चिया निर्यातक देशका रुपमा चिनिन्छ । यहाँको सरकारी तथ्यांकअनुसार केन्याले विश्वको चिया निर्यातकै कम्तीमा पनि २३ प्रतिशत चिया निर्यात गर्ने गर्दछ । 

केन्याले खासगरी कालो चियापत्तीको निर्यात गर्ने गर्दछ । उसको यो कालो चियापत्ती विश्वको बजारमा निकै नै लोकप्रिय मानिन्छ । यहाँ उत्पादन हुने कालो चिया खासगरी साना किसानहरुको निजी प्रयासबाट ९० प्रतिशत उत्पादन हुने गरेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्