३० असार २०८३, मंगलबार

जब बाँदरले रुखबाट नोटको वर्षा गरायो...

जब बाँदरले रुखबाट नोटको वर्षा गरायो...

काठमाडौं – भारतको उत्तरप्रदेशमा एक वकील नोटले भरिएको ब्याग बोकेर ट्रेजरीमा पैसा जम्मा गरिरहेको थियो ।

त्यसैबेला उनको ब्याग एक बाँदरले लिएर गयो र रुखमा चढेर नोटकै वर्षा गराउन थाल्यो । हावामा उडिरहेको नोट केहीबेरमै केही मानिसहरूले टिप्न थाले । 

केहीबेरमै त्यहाँ मानिसहरूको भीड जम्मा भयो । वकीलले आफ्नो झोलामा ६५ हजार रुपैयाँ कसैलाई तिर्नका लागि ट्रेजरीमा गइरहेको थियो । त्यसैबेला एक बाँदरले उसको झोला समातेर लगेको थियो  । 

त्यसपश्चात ८ हजार रुपैयाँ भने उसको हराउन पुग्यो । ५७ हजार रुपैयाँ जम्मा गरेर उ फर्कियो । यो घटना मंगलवारको हो । अहिले यस घटनाको भिडियो र तस्वीर भाइरल भैरहेको छ ।  एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्