१९ असार २०८३, शुक्रबार

सुर्तीजन्य बट्टामा चेतावनीमूलक चित्र छाप्न आनाकानी

असोज १९, २०७६
सुर्तीजन्य बट्टामा चेतावनीमूलक चित्र छाप्न आनाकानी
फाइल तस्वीर

काठमाडौं – सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत भाग चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने कानुनी व्यवस्था चार वर्ष बित्दा पनि कार्यान्वयनमा आएको छैन ।

सुर्तीजन्य सेवन न्यूनीकरणका लागि जनचेतना फैलाउन गरिएको व्यवस्था कार्यान्वयनमा सरकार उदासीन देखिएको विज्ञहरूले आरोप लगाएका छन् ।

उनीहरूका अनुसार नेपालमा कुल जनसंख्याको करिब ३१ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । यसबाट क्यान्सरलगायत रोग लागेर बर्सेनि २७ हजारको मृत्यु हुने गर्छ । सुर्तीजन्य पदार्थ मृत्युको यति ठूलो कारक हुँदा पनि कानुनी व्यवस्था कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण रहेको विज्ञहरू औंल्याउँछन् ।

उनीहरूका अनुसार उत्पादकहरूले सुर्तीजन्यको बट्टालाई आकर्षक विज्ञापनका रूपमा उपयोग गर्ने क्रम यथावत् छ । यस सम्बन्धमा रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयर (रेस्फेक) ले बिहीबार गरेको राष्ट्रिय परामर्श बैठकमा विज्ञहरूले कानुन कार्यान्वयनमा नआउनुमा सुर्तीजन्य पदार्थ उत्पादकहरूको चासोले समेत काम गरिरहेको बताए ।

‘कमजोर शासन व्यवस्थाले गर्दा सुर्तीजन्य पदार्थको बट्टाको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश, चित्र छाप्नुपर्ने व्यवस्था लागू भएको छैन,’ रेस्फेकका निर्देशक शान्तालाल मुल्मीले भने, ‘विश्वव्यापी रूपमै चुरोट, सुर्तीजन्य उत्पादक कम्पनीले आफ्नो उत्पादन विकाउन विभिन्न तरिकाले नदेखिने गरी हस्तक्षेप गर्दै आइरहेका छन्, हामीसमेत अछुतो छैनौं ।’

प्याकेटमा लेखिने चेतावनीमूलक चित्र–सन्देशले यसको अम्मलमा पर्न थालेका युवामा सकारात्मक प्रभाव परेको विभिन्न अध्ययनले देखाएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्