
काठमाडौं – फेसबूकमा एक महिलाले सर्प देखेर आत्तिँदै चिच्याएको तर नजिक जाँदा त्यो अर्कै वस्तु भएको थाहा पाएको कुरा शेयर गरेकी छन् ।
फातिमा दाऊदले फेसबूकमा लेखिन्, ‘म टाढाबाट सर्प देखेर पहिला त बेस्सरी चिच्याएँ । सर्प नजिकै आइरहेको छ जस्तो लाग्यो । तर नजिकैबाट हेर्दा पो वास्तविकता थाहा पाएँ । त्यो सर्प नभई भुइँमा रहेको नक्कली चुल्ठो रहेछ ।’
कसैको चुल्ठो छुटेको हो भने लिएर जान उनले भनिन् ।
फातिमाले चिच्याउँदा नजिकै रहेकी महिलासँग माफी मागेकी छन् । आफू चिच्याउँदा ती महिला निकै डराएको फातिमाको भनाइ छ ।
एजेन्सी