
काठमाडौं – एक व्यक्तिले एप्पल कम्पनीमाथि समलिंगी बनाएको आरोप लगाउँदै मुद्दा दायर गरेका छन् । आईफोनका कारण आफू गे बनेको उनको भनाइ छ ।
रुसमा यो घटना भएको हो । ती पुरुषले एप्पलसँग १० लाख रुबल क्षतिपूर्ति मागेका छन् ।
उनले आईफोनमा एक याप डाउनलोड गरेर बिटकोइन्स (विद्युतीय पैसा) मगाएका थिए । बिटकोइनको साटो उनलाई ६९ गेकोइन्स दिइयो । पैसासँगै उनले एउटा सन्देश पाए जसमा लेखिएको थियो– परीक्षण नगरी धारणा नबनाउनुस् ।
उनलाई त्यो कुरा सही लाग्यो र उनले समलिंगी सम्बन्धको परीक्षण गर्ने फैसला लिए । उनको एउटा पुरुष प्रेमी छ ।
यो कुरा घरका मानिसलाई कसरी बताउने भनी उनी चिन्तित छन् । जिन्दगी पहिलेको जस्तो रहेन भनेर पनि उनले बिलौना गरिरहेका छन् । यसको दोष एप्पल कम्पनीले लिनुपर्ने उनको दाबी छ ।
उनी भन्छन्, ‘एप्पलले मलाई धोका दियो र मलाई समलिंगी बनायो । यसले गर्दा मलाई नैतिक र मानसिक हानि पुगेको छ ।’
एजेन्सी