
काठमाडौं – पेरिसको एक चिडियाखानामा सुँगुरले औजार चलाएको भिडियो एक पर्यावरणविद्ले खिचेकी छन् ।
खतरामा परेको यस प्रजातिले प्रत्येक ६ महिना पाठा जन्माउने तयारीस्वरूप खाल्डो खन्ने गरेको छ र त्यो खाल्डो पहिलापहिला उसले मुखैले खन्ने गर्थ्यो ।
तर म्युजी द लोम नामक मानवशास्त्री संग्रहालयमा एउटा सुँगुरले मुखमा लट्ठी च्यापेर त्यसलाई शावेलको रूपमा प्रयोग गर्दै खाल्डो खनेको एक अनुसन्धानकर्ताले देखिन् ।
यो दृश्यबाट आकर्षित भएर पर्यावरणविद् मेरिडथ रूट–बर्नस्टाइनले भिडियो खिचिन् । उनले विगत तीन वर्षदेखि यस प्रजातिको सुँगुरलाई निगरानी गर्दै आएकी छन् ।
बच्चा पाउने सीजन लागेपछि सुँगुरले लट्ठी लिएर खाल्डो खन्ने गरेको छ जबकि वर्षको अर्को समयमा उसले औजार प्रयोग गर्ने गरेको छैन ।
एजेन्सी