काठमाडौं, २१ चैत– नयाँ शक्ति नेपालले देशभरका जिल्ला निर्वाचन कार्यालय घराउ गरेका छन् ।

नयाँ शक्तिका नेता कार्यकताले राजधानीको बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालय नजिक हनुमानस्थानमा प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यलयले हनुमानस्थान आसपासको क्षेत्रलाई निशेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच तनावको अवस्था सिर्जना भएको छ ।

हिजो निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्तिसहित अन्य दलका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका थियो । नयाँ शक्तिका संयोजक बाबुराम भट्राईसहित ३० बढी नेतालाई नियन्त्रणमा लिएको प्रहरीले राति अवेर मात्र उनीहरुलाई छोडेको थियो । हिरासतमै अमानवीय व्यवहार गरिएको भन्दै भट्टराईले आपत्ति जनाएका थिए ।
निवार्नचन आयोगमा दर्ता गर्दा उपलव्ध भएको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन पाउनु पर्ने माग गर्दै ६३ दलले निर्वाचन आयोग विरुद्ध मोर्चाबन्दी गरेका छन् ।