१५ असार २०८३, सोमबार

नेपालगञ्जमा भएको विभिन्न घटनामा तीन जनाको मृत्यु

नेपालगञ्जमा भएको विभिन्न घटनामा तीन जनाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जस्थित रानीतलाउमा डुबेर आइतवार एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–७ का २३ वर्षीय सुनिल भित्रीकोटीको सो तलाउमा डुबेर मृत्य भएको हो । 

सोही तलाउमा डुङ्गा चालकका रूपमा कार्यरत उनको अत्यधिक मदिरा सेवन गरी डुङ्गा चलाउँदा तलाउमा डुबेर मृत्यु भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताए।   

यसैबीच, आज दिउँसो विषादी सेवन गरेका नेपालगञ्ज–१८ लगदवा बस्ने ४० वर्षीय विनोद गोडियाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै नेपालगञ्जमा गए राति मदिरा सेवन गरी कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

भारत विहार भोजपुर घर भई नेपालगञ्ज उपमहानगरपालिका–१८ लगदवा बस्ने विहारी भनी चिनिने नामथर वतन नखुलेका झण्डै ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । 

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१८ वस्ने ४० वर्षीय वर्षाती हरिजन र बर्दियाको बारबर्दिया नगरपालिका–५ बस्ने ३५ वर्षीय सन्दीप चौधरीलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख ओलीले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्