काठमाडौं, २१ चैत - तीन तहको निर्वाचनका क्रममा एमालेबाट एकपटक हारेका उमेदवारले अर्को निर्वाचनमा उठ्न नपाउने भएका छन्।
एमाले स्थायी समितको यो निर्णयसँगै स्थानीय चुनावमा हार्ने उमेदवारहरुले प्रदेश निर्वाचनमा उठ्न पाउने छैनन् भने प्रदेशमा हार्नेहरु संसदीय चुनावमा उठ्न पाउने छैनन् ।
पार्टी कार्यालय धुम्बाराहीमा अाज बसेकाे स्थायी समितको बेठकले वैशाख ३१ गतेकाे चिर्वाचनलार्इ लक्ष्क्षित गर्दै गाउँ फर्क अभियान समेत शुरु गरेको छ ।
केन्द्रीय सदस्य, सांसद लगायतका कुनैपनि नेता काठमडौंमा बस्न नपाउने निर्णय गरिएको एमाले प्रवक्ता योगेश भट्टराईले जानकारी दिए । बैठकले बामदेब गौतमको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति निर्माण गरेको छ ।१५ जना सदस्य रहेको उक्त समितिमा भिम राव, प्रदीप ज्ञवाली लगायतका नेताहरु रहेका छन् ।
त्यस्तै इश्वर पोख्रेलको नेतृतवमा १५ सदस्यीय निर्वाचन अनुगमन तथा समन्वय समिति बनाइएको छ । एमालेले चैत ३० गतेसम्म वडा सदस्य, वडा अध्यक्षको नाम सिफारीस गर्न माताहतका इकाइलाई निर्देशन समेत दिइएको छ ।
बैठकले वैशाख ४ गतेसम्म गाउँपालिका तथा नगरपालिकाको मेयर र उपमेयरको सिफारिश गरिसक्न मातहतका कमिटिलार्इ निर्देशन दिएको प्रवक्ता भट्टरार्इले बताए ।
७ गतेभित्र त्यो नाम प्रदेशमा पठाइसक्नु पर्नेछ । प्रदेशले सो नाम १० गतेभित्र टुंगो लगाउनुपर्ने निर्णय गरिएको छ । त्यसले पनि टुंगो लगाउन नसके १२ गते स्थायी समितिले टुंगो लगाउने निर्णय एमालेले गरेको छ ।