०६ साउन २०८३, बुधबार

कांग्रेसको चियापानमा प्रचण्डले भने– 'दुईतिहाइको कुरा नगरौं, राजनीतिले कोल्टे फेर्न सक्छ'

कांग्रेसको चियापानमा प्रचण्डले भने– 'दुईतिहाइको कुरा नगरौं, राजनीतिले कोल्टे फेर्न सक्छ'

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आउने दिनमा राजनीतिले कोल्टे फेर्दै जानसक्ने बताएका छन् ।

नेपाली कांग्रेसले आइतवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान समारोहमा बोल्दै उनले आगामी दिनमा राजनीतिले कोल्टे फेर्दै जान सक्ने बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले राजनीतिमा असम्भव कुरा केही नहुने भन्दै आगामी दिनमा कांग्रेससँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, 'राजनीतिमा असम्भव केही हुँदैन, हामी सहकार्य गर्दै अगाडी बढ्छौं ।’

दुई तिहाईको सरकारसँग कांग्रेसले कस्तो सहकार्य गर्ने भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘अहिले दुई तिहाईको कुरा नगरौं ।’ 

कार्यक्रममा बोल्दै उनले थपे, 'राजनीतिमा असम्भव भन्ने केही हुँदैन, असम्भव देखिएका केही कुराहरू राजनैतिक पार्टीबीचको छलफल र सहकार्यमा सम्भव हुने भन्दै उनले थपे, यसको उदाहरण दिवंगत गिरिजा प्रसाद कोइराला र मैले गरेको शान्ति प्रक्रियाको हस्ताक्षरले प्रमाणित गरेको छ ।'

कार्यक्रममा बोल्दै प्रचण्डले शुभकामना आदानप्रदानको लागि चियापान कार्यक्रमको शुरूवात नेपाली काँग्रेसबाट भएको समेत स्मरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्