२१ असार २०८३, आइतबार

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

कात्तिक २०, २०७४
विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो
काठमाडौँ, २२ चैत - माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा विमानस्थलमा चितुवा पसेको देखिएको खबर गरेपछि हंगामा सुरु भयो । करिब १५ मिनेट (बिहान ८ बजेदेखि सवा ८ बजेसम्म) धावनमार्ग नै बन्द गरी चितुवा खोज्नुपरेपछि यात्रुले सास्ती त व्यहोर्नुपर्यो, नै व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्यो । आकस्मिक उद्धारका लागि अग्निनियन्त्रक, सेना, प्रहरीलगायत टोली तयारी हालतमा पुग्यो भने चितुवा समाउन जिल्ला वन कार्यालयको प्राविधिक टोलीसमेत पुग्यो, आजको नयाँ पत्रिकामा खबर छ ।

विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार टोलीले पाइलटको दाबीअनुसार चितुवा फेला पारेन, त्यसपछि झाडीमा लुकेर बसेको भए भगाउने उद्देश्यले पानीको फोहरा हानियो । त्यसपछि पनि सिकारीले निरन्तर निगरानी गरिरहे । यसैक्रममा सोमबार साँझ सिकारीले ट्याक्सी वे ‘चार्ची सी’नजिकैको ड्रेनमा दुईवटा स्यालका बच्चा मृत अवस्थामा फेला पारेका छन् ।

विमानस्थलको धावनमार्ग प्रवेश गर्ने पाँचवटा ट्याक्सी वेमध्ये ‘सी’ नम्बरको वेनजिकको नालामा दुईवटा स्यालका बच्चा मरेको अवस्थामा फेला परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।

salt training

कमेन्ट गर्नुहोस्