काठमाडौं ४ पौष- नेकपा एमाले निकट युवा संघले आफ्नो संगठनका रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा राजनीतिक षडयन्त्र हुनसक्ने आशंका गरेको छ ।
सोमवार सािझ बसेको युवा संघको आकस्मिक बैठकले तिवारीको हत्याको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।
‘घटनाको सम्बन्धमा हामीले पनि गहिरिएर छानविन गर्न गर्दैछौ, सरकारलाई छानविन समिति गठन गर्न आह्वान गरेका छौ’ पहाडीले लोकान्तरसँग भने, ‘हत्यारा पत्ता नलागे कडा आन्दोलन गछौ ।’ बुटवलमा भइरहेको आन्दोलनको नेतृत्व गरेका कारण उनीमाथि षडयन्त्र हुन सक्ने पहाडीको भनाइ थियो ।
हत्याको बिरोधमा युवा संघले मंगलवार दिउसो १ देखि २ बजेसम्म देशभर चक्काजाम गर्ने निर्णय गरेको छ । हत्याको बिरोधमा दुइदिन संगठनको झण्डा झुकाइने पहाडीले बताए ।
विदेशबाट फोन गरेर हत्याको जिम्मायसैबीच, रुपन्देही देवदहका मनोज पुन नामका व्यक्तिले मलेसियाबाट रुपन्देहीका पत्रकारलाई फोन गरी आफूले हत्या गराएको दावी गरेका छन् । घटनामा पुन समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ । फोन मार्फत घटनाको जिम्मेवारी लिएको दावी गर्ने पुन र हत्या गरिएका तिवारीको लेन देन विबाद र पुरानो दुश्मनी रहेको खुल्न आएको छ ।
हत्याको बिरोधमा देवदहमा स्थानियले राजमार्ग अबरुद्ध गरेर प्रदर्शन गरेका छन् ।